
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘ दुई जनालाई हिजो र दुई जनालाई आज बिहान पनि जारी खेलमा बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरेका हौं’, उनले भने’, ‘ भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन्।’ पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने बोगटीले बताए।
एनपिएलमा बेटिङ हुने आशंकामा सिआइबीको टोली कीर्तिपुरमा परिचालन भएको छ।