सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा बन्द भएको छ।


यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो।
सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४४ रूपैयाँमा ५९ करोड ४७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रसप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७८ रूपैयाँमा ४८ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक बढेको छ भने बाँकी चार समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशतले बढेको छ।
दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ४.९९ प्रतिशतले बढेको छ।







