
नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।