
काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।
आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।
एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
सहकारी पीडितहरु पछिल्लोपटक मंसिर ५ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।
काठमाडौं उपत्यकामा हुने प्रदर्शनलाई लक्षित गरी ट्राफिक व्यवस्थापन र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।