
साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ।
बुधबार बिहान प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौंमा लगिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका छौँ । र, उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए।