
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो ।
बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो ।