Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरी

२०८१ मंसिर ४, मंगलवार १७:२१
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्ने दिन मंगलबार बद्री केसी समूहले कार्यालय बन्द गरेको छ । बैठक बस्ने समयमा नेपाल न्यूज बैंकको टोली बालुवाटार पुग्दा एनआरएनएको मुख्यालय बन्द रहेको र प्रहरीले पहरा दिइरहेको थियो ।

केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ । मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ । नेपाल न्यूज बैंकले डा.केसीलाई सम्पर्क गर्दा मोबाइलको स्वीज अफ गरेका थिए भने सिइयो राजेन्द्रकुमार राउतले फोन उठाएनन् ।

घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भएपनि सम्पर्क गर्दा केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।

केसी पनि समितिको सदस्य छन् । ३ बजे बैठक बस्ने तय भएको थियो तर घलेलगायतका समितिका सदस्यहरु कार्यालय खुला नभएकाले बाहिरकै हलमा केही समय बसेर नजिकैको एक रेष्टुरेन्टतर्फ लागेका थिए ।

केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा बैठक गरिरहेको स्रोतले जनाएको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा कार्यक्रम गरेको समितिका सदस्यहरुले आरोप लगाएका छन् ।

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।  परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको सदस्यहरुको भनाइ छ। हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष गरी तीन समूह सक्रिय छन् ।

समितिकी सदस्य रविना थापाले ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउँदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए । यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसी पक्ष भाग्नु दुखद भएको जनाउदै निजी कम्पनी जसरी संस्था चलाइएकोप्रति समग्र गैर आवासीय नेपालीहरु दुखित भएको बताइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved