
नेपाल क्रिकेट संघ (क्यान) ले यही मङ्सिर १५ देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ मा हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल मध्याह्न सवा १२ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ मा कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो ।
मङ्सिर १७ देखि २४ बाहेक पुस १ सम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजेदेखि र दास्रो खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेल मात्रै हुनेछ ।
यस्तो छ लिग चरणको खेल तालिका ?