
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।
आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।