Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल

२०८१ मंसिर २, आईतवार १४:४५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् ।

ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको यहि कारण हो ।’

उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताए । राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुयाउने विश्वास व्यक्त गरे ।

उनले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभयो । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्धत पुग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

दुर्गा प्रसाईं पुर्पक्षका लागि कारागार चलान 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved