Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो गौराती मेला आज देखि शुरु

२०८१ कार्तिक ३०, शुक्रबार ०८:१०
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–६ मा अवस्थित गौराती भीमेश्वरमा आज (शुक्रबार)बाट मेला सुरु भएको छ। हरेक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई पञ्चमीका दिनमा सकिने गौराती मेला आजबाट सुरु भएको हो। गौरती भिमेश्वरको मेला जिल्लाको सबैभन्दा ठूलो मेला मानिन्छ। मेला भर्न दोलखा, काभ्रे, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौं लगायत देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्।

सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने गौरतीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ। चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुन फर्काइन्छ। गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ। तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ।

पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे। गाईले राति–राति एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ। ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौरती र भूमि खनेर  उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ।

जात्रामा आज दिउँसो चर्चित गायक सुगम पोख्रेल सहित चन्द सिं तमु, रश्मि बोम्जन, संजिव पुडासैनी , प्रदिप रोक्का लगाएतका कलाकारले प्रस्तुती दिने  कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved