
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।