
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।