
काठमाडौं : उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।
यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुन्छ।