
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।