
इजरायलको राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्का अधिकारीकाअनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राध्यापक पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइका क्रममा पण्डितले इजरालय गएपछि प्यालेस्टाइन युद्ध अन्त्यका लागि पहल गर्ने बताएका थिए ।