Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

छठको दोस्रो दिन आज खरना मनाइँदै

२०८१ कार्तिक २१, बुधबार ०७:३९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ ।

शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।

गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्माभई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ । खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा लिइन्छ ।

खरनामा प्रसादको रूपमा विशेषतः केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ । खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शुद्धतालाई विशेष ध्यान दिइने गरिन्छ। पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको छ ।

सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्वहो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। खरनापछि तेस्रो दिन साँझ दिइने अघ्र्यका लागि ब्रतालुहरू रातिबाटै पूजन सामग्री तयार गर्न जुट्दछन् ।

चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उँखु, स्याउ, नरिवललगायतका फलफूल छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved