
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टोली नेपाल पहिलो हाफ बंगलादेशविरुद्ध गोल रहित बराबरीमा रोकिएको छ।
१०औँ मिनेटमा नेपालका लागि अमिशा कार्कीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टको माथिल्लो बारमा लागेर बल फर्किएको थियो।
सुरुआती समय आक्रमक खेल खेलेका बंगलादेशले नेपालमाथि निकै दबाब बढाएको थियो।
त्यसपछि ३८औँ मिनेटमा पुन नेपाल गोल गर्नबाट चुक्यो।