
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि फेरि बंगलादेशले जितेको छ । नेपाललाई हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो । अघिल्लाेपटक पनि फाइनलमा नेपाल बंगलादेशसँगै पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
उपाधि भिडन्त हेर्न आज दशरथ रंगशालामा १५ हजार ३०० भन्दा दर्शक सहभागी थिए ।