Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिधै पार्टी एकता होइन, पहिले आफैँभित्र वैचारिक स्पष्टता खोजौँ : प्रचण्ड

२०८१ कार्तिक १४, बुधबार १६:३६
Shares
Facebook X Messenger WhatsApp

नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पहिला आफैँभित्र वैचारिक बहस गर्नुपर्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित ‘नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक कार्यक्रममा उनले विगतले त्यस्तो पाठ सिकाएको बताए ।

“हिजो केही न केही भावनामा, केही न केही मनसायले सारा कम्युनिस्टलाई एकताबद्ध गरिहालौँ न । त्यसो भयो भने देशमा अत्यधिक ठूलो संख्या कम्युनिस्टको छ, त्यसले समाजवाद निर्माणलाई तीव्र गति दिन सकिन्छ भन्ने मनसायले चुनाव मिलेर लड्यौँ । पार्टी एकता पनि गरेर हेर्‍यौँ,” ।

घटनाक्रम र परिणामले वैचारिक स्पष्टतापछि मात्र एकतातर्फ अघि बढ्नुपर्ने देखाएको उनको भनाइ छ । “हामी पहिला आफैँभित्र वैचारिक स्पष्टताको निम्ति संघर्ष गरौँ । आफ्नै पार्टीभित्र निर्मम ढंगले समीक्षा अघि बढौँ । त्यसलाई एकताबद्ध गर्ने कोसिस गरौँ,” प्रचण्डले भने ।

त्यसपछि मात्रै इमान्दाररूपमा अरू पार्टीसँग एकता गर्नुपर्ने भनाइ उनको छ । उनले अहिले माओवादी आत्मालोचना गरेर त्यो बाटोमा अघि बढेको बताए ।

प्रचण्डले मिल्न सक्ने मिल्ने र नमिल्ने मोर्चाबाट एक भएर अघि बढ्नुपर्ने बताए । प्रचण्डले सबै राजनीतिक दलका नेतालाई के कति गरेँ भन्ने गम्भीर समीक्षा गर्न सुझाए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

दुर्गा प्रसाईं पुर्पक्षका लागि कारागार चलान 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved