Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सहकारी ठगी प्रकरणमा धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्नुस् : गगन थापा

२०८१ कार्तिक १२, सोमबार १६:५९
Shares
Facebook X Messenger WhatsApp

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो।

उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए।

सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए।

उनले भने,‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन्। ती मान्छेमध्ये ५÷६ सय मान्छे अभियोजनको क्रममा छन्। अरु ५÷७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ। त्यो नयाँ होस् कि पुरानो होस कि। त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि। रुखको छायामुनि बसिराखेको होस् कि। सबैलाई अनुसन्धानमा ल्याउ। छानबिन समितिमा बकाईदा त्यही भन्छ। त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस्। आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो।’

उनले भने, ‘अहिले बाहिर छलफल चर्चा चलेको छ– नेपाली कांग्रेसका एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो। थप अनुसन्धान गर्नुपर्छ। म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ। नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो। गर्नुस् अनुसन्धान। अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्। दण्ड पनि दिनुस्।’बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved