Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

२०८१ कार्तिक ९, शुक्रबार १६:२८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

उनले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर

अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको भन्दै अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएका हुन् ।

उनले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

उनले भने, ‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् । अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ । सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ पर्नुभएका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो

। तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उनको भनाइ छ ।

मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस

विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराए ।

उनले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved