
काठमाडौं । नेपाल समुह विजेता बन्दै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बनेको हो।
नेपालको जितमा रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए।
यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
त्यसैगरी समुह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन्।
अब नेपालले सेमिफाइनलमा समुह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ।