
सोमबार पनि सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । आज तोलाको ६ सय रुपैयाँले बढेर एक लाख ६५ हजार ६ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।