
काठमाडौं: मेलम्चीबाट काठमाडौँ जाँदै गरेको बस सांखु फेदीमा व्रेक फेल भई दुर्घटना भएको छ । आईतवार बा ३ ख ९०२६ नम्बरकाे यात्रुबाहक बस दुर्घटना भएकाे हाे।
ओरालोमा अनियन्त्रित भइ बस सडक छेउको सल्लाको रुखमा ठोक्किएको थियो।दुर्घटनामा ३-४ जना सामान्य घाईते अन्य सम्पुर्ण सकुसल रहेका छन ।
सामान्य चोटपटक लागेका लाई अपाङ्ग हस्पिटल जोरपाटी, नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।