
काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गायक, सर्जक राजेन्द्र भण्डारी र आयुषा गौतमको स्वर रहेको नयाँ गित ‘चौतारीमा बसे टुसुक्क’ सार्बजनिक भएको छ।
गायक, सर्जक राजेन्द्र भण्डारी र आयुषा गौतमको स्वरमा रहेको उक्त गीतमा राजेन्द्र भण्डारीको शब्द तथा सङ्गीत रहेको छ भने नारायण दंगालले एरेन्ज गरेका यो गित MF रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन।
सार्बजनिक गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने कल्पेस विस्वकर्माको सम्पादन छ भने उक्त भिडियोमा राजेन्द्र भण्डारी , आयुषा गौतम लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
उक्त भिडियो लाई मुटु ग्रुपले निर्देशन गरेका हुन भने केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।
भण्डारीका यसअघि सार्वजनिक भएको ‘रिबन केसैमा’, ‘धानको चामल धानैको कनिका’, ‘लौन’, ‘ए है परान’, कल्पना, ‘मापसे’ लगायत थुप्रै गीत लोकप्रिय छन्।
गीतको भिडियो Menuka Digital Official Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।