
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले भिसा प्राप्त गरेको जानकारी दिएको छ।
अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन्।
अहिले नेपाली टोली आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो एकदिवसीय शृंखलाका लागि अमेरिकामा छ।
अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म हुने शृंखलामा नेपाल, घरेलु टोली अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले अमेरिकासँग अक्टोबर २७ र नोभेम्बर २ मा तथा स्कटल्यान्डसँग अक्टोबर २९ र नोभेम्भर ४ मा खेल्नेछ।