
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि हिजो अर्थात् बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख ६२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ६४ हजार चार सय रूपैयाँ पुगेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।