Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

लुटकारी दलाल दलतन्त्रको कारण मुलुक आर्थिक अवस्था संकटमा : प्रभु साह

२०८१ आश्विन २२, मंगलवार १४:२८
Shares
Facebook X Messenger WhatsApp

तहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक्ता भएको बताएका छन् । दलाल दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने उनले आह्वान समेत गरेका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलाल दलतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’ आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुक आर्थिक संकट तथा प्राकृतिक विपतीबाट गुज्रिरहेको छ । तर सरकार कहाँ छ भनेर पीडितले खोज्दा समेत न्याय नपाउँने अवस्था छ । सरकारमा भएकाहरुको कसरी लुटने भन्ने बिषयमा ध्यान केन्द्रित छ ।’

लुटकारी दलाल दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधिश’ले लुट मचाएको बताए । मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन् ।

‘अहिले दलीय लुटकारी व्यवस्था छ । यस्तो व्यवस्थाले जनताको कल्याण हुदैन् । जनताको चाहना समृद्धि रहेको छ । तर दलका मुखियाहरुले आफ्नो गुट र समूहका लागि काम गर्ने गरेका छन्’ उनले भने, ‘लोकतन्त्रमा दलको नभई जनताको शासन हुनुपर्ने हो । तर अहिले लुटकारी दलाल दलीय व्यवस्था छ । दलमा पनि मुख्य नेता र त्यसपछि त्यसका वरिपरि, गुट, समूह र आसेपासे मोटाउने, लुटने र संरक्षण गर्ने काम भईरहेको छ । यस्तो व्यवस्थाले जनताको चाहना पुरा हुन सक्दैन् । यो व्यवस्थाको अन्त्येष्टि गर्नैपर्छ ।’

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै बर्गहरु अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको बिरुद्धमा आवाज उठाउदै आएको बताउँदै उनले अब एकजुट भएर आन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।

२४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा मार्फत तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष साहले त्यसयता निरन्तर बिभिन्न कार्यक्रम मार्फत आम जनताको शासनका लागि संघर्षमा उत्रिनुपर्ने आवश्यक्ता औल्याउँदै आएका छन् । आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन्।

आजपाका स्थानीय नेता राजेन्द्र महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष एवं पुर्वसांसद समिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, महिला मोर्चाको अध्यक्ष बबिता साहका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved