Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बाढीपहिरो पीडित राहतका लागि छटपटाउँदै, सरकार भोजमा रमाउँदै : प्रभु साह

२०८१ आश्विन २१, सोमबार १७:२७
Shares
Facebook X Messenger WhatsApp

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बर्षासंगैको बाढीपहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् ।

महापर्व दशैं, दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनिया र टेंग्राहामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाई गरेकाले अमूल्य जनधनको ठुलो क्षति भएको बताए ।

‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौं मान्छेको मृत्यु हुदैन्थ्यो । अर्बौको क्षति हुदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरु अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ आजपा अध्यक्ष साहले भने, ‘किसानले लगाएको बाली घर भित्रयाउने बेलामा बाढीले क्षति भएको छ । सर्वसधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन् । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दशैंको भोजमा रमाईरहेको छ । सर्वसधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरुलाई फुर्सत नै छैन् ।’

बाढीपहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाई नगर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वसूचना हुँदाहुदै समेत सरकारले विपतको बेलामा गर्नुपर्ने तयारी नगरेको र उद्धार प्रभावकारी रुपमा नगरेकाले बढी क्षति हुन गएको उनले बताए ।

बाढीपहिरोले बिभिन्न राजमार्ग अवरुद्ध छ । सडकमा यात्रा गर्न सहज नभएको बताउँदै उनले सरकारी संरक्षणमै यातायातको भाडामा मनोमानी रुपमा लुट मचाइएको बताए । बाढीपहिरोले पीडित नेपाली नागरिक महंगीले थप पिडामा परेको बताउँदै आजपा अध्यक्ष साहले महंगी नियन्त्रण गर्न नसकेको सरकार पूर्ण रुपमा असफल र असक्षम रहेको टिप्पणी गरेका छन् ।

‘सरकारी संरक्षणमै व्यापारीले लुट मचाएका छन् । यातायातका भाडामा मनोमानी रुपमा यात्रुबाट लुटिदैछ । यहाँ सरकार नै नभएको जस्तो छ । सरकार भएको भए यसलाई नियन्त्रण गथ्र्यो, सहज बनाउथ्यो’ आजपा अध्यक्ष साहले भने, ‘पशुपति शर्माको गित जस्तै भएको छ यहाँ, लुटन सके लुट कान्छा, नेपालमै छ छुट….।’

सांसद समेत रहेका आजपा अध्यक्ष साहले यस अघि चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । ‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुखको बेला साथ नदिने । भाग्ने, भगौडाहरु दशैमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो ? बाढीपहिरो पीडितहरु दुखमा परेको बेला दशै बोनस नलिई पीडितलाई दिदा के बिग्रिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन् ।

कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद समीना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मेयर प्रत्याशी बिजय यादव, वडा अध्यक्ष संजय यादव, आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved