
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।