Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

थ्री स्टार युथ क्लब द्वारा असोज २३ गतेदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुने

२०८१ आश्विन १७, बिहीबार १८:१०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -नुवाकोटको पञ्चकन्यामा रहेको थ्री स्टार युथ क्लबले नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ २०७९ सालमा स्थापित यस क्लबले असोज २३ गते देखि दुई दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो

 

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आयोजकले असोज २१ गतेभित्र नियम अनुसार नाम दर्ता गराउन अनुरोध गरेको छ। आयोजक पञ्चकन्या थ्री स्टार युथ क्लबका सन्तोष थापाका अनुसार विजेतालाई पुरस्कार स्वरूप नगद, खसी, बोका, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। थापाका अनुसार २१ गतेभन्दा ढिला गरी आएमा टिम दर्ता गरिने छैन। खेलाडी सङ्ख्या ११ जना, अतिरिक्त खेलाडी ४ जना र अफिसियल एकजना गरी १६ जना खेलाडी हुनुपर्ने यस खेल रेफ्रीको नियमअनुसार खेलाइने आयोजक थ्री स्टार क्लबले जानकारी दिएको छ। खेल खेल्दा जुत्ता, जर्सी, लामो मोजा र प्याड अनिवार्य लगाएर खेलमैदानमा उपस्थित हुनुपर्ने नियम बनाइएको छ। टिम दर्ता शुल्क ३००० साथै एलो कार्डलाई रु. २५० र रेड कार्डलाई ५०० जरिवाना गरिने क्लबले सार्वजनिक गरेको नियममा उल्लेख गरिएको छ ।

 

खेलाडी एक गाउँ वा वडाको हुनुपर्ने र परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ। आफ्नो गाउँभन्दा बाहिरको खेलाडी समावेश गरेको पाइएमा प्रोटेस्टको नियमअनुसार 400 जरिवाना लाग्ने आयोजक थ्रीस्टार क्लबका विशाल खनालले जानकारी दिए। खेलको उद्घाटन कपिलेश्वर पञ्चकन्याको महत्वपूर्ण पर्यटकीय स्थल घ्याङश्वारामा २३ गते हुनेछ । प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोगका लागि आयोजकले शुभचिन्तक, खेलप्रेमी, कपिलेश्वर पञ्चकन्यावासी र सरोकारवालामा आग्रह गरेको छ। आयोजक क्लबका खनालका अनुसार प्रतियोगितालाई सफल बनाउन विभिन्न व्यक्तिहरूले सहयोगको प्रतिबद्धता जनाउन थालेका छन् ।

 

उनका अनुसार समाजसेवी बुद्धिमान राई, सीए राजनराज पाठक, समाजसेवी राजकुमार थापा, काङ्ग्रेस नेता रमेशजंग कुँवर लगायतले नगद सहयोग उपलब्ध गराएका छन् भने थप सहयोगको प्रतिबद्धता आइरहेको छ। कार्यक्रममा सहभागिता र आर्थिक सहयोगका लागि आयोजक क्लबका विशाल खनाललाई ९८४९ ४०५१०२, सरोज थापालाई ९८५१२०७०२९, सन्तोष थापालाई ९८५१०९६३४०, मिलन थापालाई ९८६९६२४०५० र राजेश गिरीलाई ९८१८६०६५०५ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved