Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विध्यालयका बालबालिका लाई स्कुलको ड्रेस किन्न विध्यालय चन्दा उठाउँदै

२०८१ आश्विन १६, बुधबार २२:३२
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरे स्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयको शैक्षिक स्तर वृद्धि र विकास गर्नका निमित्त “हाम्रो पहिरन-हाम्रो पहिचान/विधार्थीको पोसाक-विध्यार्थीको शान।” भन्ने मुल नारा राखि विद्यालयमा अध्ययनरत विद्यार्थी हरूलाई स्कुलको ड्रेस किन्नका निमित्त विद्यालयद्वारा चन्दा उठाई रहेको देखिन्छ। यसरी उठाएको चन्दाबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालय आउनका निमित्त लगाउने शैक्षिक लत्ता कपडा वितरण गर्ने भनिएको छ। बालबालिकालाई विद्यालय उपस्थित हुन स्कुल ड्रेसको आवश्यकता पर्छ। तर चन्दा उठाएरै बालबालिकालाई स्कुल ड्रेस वितरण गर्नु पर्ने अवस्था देखिँदैन।

विद्यालयले स्थानीय सरोकारवालाहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि विद्यालयको समस्यालाई सुनुवाई नगरेको बताएका छन् ।यसले गर्दा  पठनपाठनमा समस्या आएको भनि उक्त विद्यालयले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भिडियो नै सार्वजनिक गरेको छ। उक्त भिडियोमा विद्यालयमा आउने बालबालिकाहरुले स्कुल ड्रेस नलगाई आएको र पठनपाठनमा समस्या आएको भन्ने बुझिन्छ। उक्त भिडियोका अनुसार अभिभावकहरूले आफ्नो बालबालिकालाई विद्यालय उपस्थित गराउँदा स्कुल ड्रेस भन्दा बाहिरी कपडामा पठाएको भन्ने बुझिन्छ ।

यस विषयलाई पूर्व विद्यार्थी तथा अभिभावकहरूले आलोचना पनि गरेका छन् भने कतिपय व्यक्तिहरूले समर्थन गरि सहयोग पनि गरेको देखिन्छ।

 

आफ्नो बालबालिकाको भविष्य सुनिश्चित गर्नका निमित्त शिक्षाको निकै आवश्यकता पर्दछ। बालबालिकाको शिक्षाको लागि शैक्षिक स्तर वृद्धि गराउन आवश्यक स्कुल ड्रेस तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सर्वप्रथम बालबालिकाका अभिभावकहरूको दायित्व र जिम्मेवारी हुन्छ। कतिपय विद्यालय तथा समुदायहरूमा गरिबीका कारण आफ्ना बालबालिकालाई शैक्षिक स्तर वृद्धिका लागि आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन नसक्ने आर्थिक अवस्थाले न्यून स्तरका परिवार पनि हुन्छन्। यस्तो परिवारलाई विद्यालयले प्राथमिकताका रूपमा विद्यालयबाट हुने सहयोग गरेर सो बालबालिकाको शैक्षिक पठनपाठनमा सहयोग गर्नु पर्दछ। यदि यसो गर्न सम्भव नरहे विद्यालयको सरोकारवालाहरू सँग सहयोगकोआहावन  गर्नु पर्दछ ।न्यून आर्थिक अवस्था भएका बालबालिकालाई सोही स्थानका स्थानीय सरकारले सहयोग गर्नु स्थानीय सरकारको दायित्व हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved