Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काँठु गणेश साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न

२०८१ आश्विन १२, शनिबार २०:४८
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलान्चोक – नियमित बचत गरौं, फजुल खर्च नगरौं, भविस्य निर्माण गरौं भन्ने मुल नाराको साथमा काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभा शनिबार बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । काँठु गणेश साकोसको अध्यक्ष हरि गोपाल मानन्धरको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि शाक्यले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै पारिवारिक हिसाबले चलेका सहकारीमा समस्य आएको बताउनु भयो । उहाँले नीतिविधीमा काँठु गणेश सहकारी संचालन भएको बताउदै सबै बचत कर्तालाई ढुक्क भएर बचत गर्ने समेत अनुरोध गर्नु भएको थियो ।

 

कार्यक्रमको अतिथि जिल्ला सहकारी संघ काभ्रेको कोषाध्यक्ष अर्जुन सापकोटाले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष हरि गोपाल मानन्धरले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्‌भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बर्तमान अवस्थामा सहकारीहरुमा विभिन्न चुनौती रहेका उल्लेख गर्दै काँठु गणेश सहकारीले त्यस्तो चुनौतीहरु पार गर्दै ग्रामीण क्षेत्र सम्म सहज रुपमा वित्तय सेवा प्रदान गर्न सकेको बताए ।

सभामा सस्थाको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन सचिब दिपेन्द्र श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष निर्मल मुस्याजुले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक राम माया मानन्धरले प्रस्तुत गर्नु भएको थियो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७० वर्ष भन्दा माथीका शेयर सदस्यहरु रिता देवी कायस्थ, प्रभा देवी भैल, वर्ण शाक्यलाई सम्मान गरिएको थियो । जेवि इन्टरप्राइजेज बाट उपहार अनुसुया राजबाहकले र भोमी नेवारी खाजा घर बाट राजु तौजलेले मार्फत वितरण गरिएको थियो ।

उत्कृष्ट दैनिक बचत कर्ता फिरोज कर्माचार्य, उत्कृष्ट क्रमिक बचत कर्ता युजन श्रेष्ठ, उत्कृष्ट ऋणी रिया केसीलाई सम्मान गरिएको थियो। बाल बचत कर्ता उपहार प्रिन्सिका राजबाहकलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको उप-मन्त्री राजु सिग्देल, संस्थाको सल्लाहकारहरु त्रिरत्न राजबाहक, योगेन्द्रनाथ कर्माचार्य, बुद्ध रत्न मानन्धर, महेन्द्र कारंजित, आदर्श साकोसको अध्यक्ष उमेश मानन्धर, अल्फा साकोसको अध्यक्ष प्रताप मान कायस्थ, न्हुज साकोसको दिपक मानन्धर, सक्षम साकोसको भवानी जोशी लगायतको उपस्थिति रहेको थियो ।

एसवाइएस ट्रेडर्स बाट उपहार सुधामा राजबाहक, सगुन मसला उद्योग बाट उपहार सायल मानन्धर र इन्द्र दाइको खाजा घर बाट इसान मानन्धरले उपहार प्रदान गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष ईन्द्रलाल मानन्धरले राखेका थिए भने कार्यक्रमको संचालन दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved