
प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी आइतबार राति नै वीर अस्पताल भर्ना भएका हुन् ।
आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
त्यसपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएको ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।