
सिन्धुपाल्चोक – जिल्लाको बलेफी गाउँपालिका वडा न. ०४, बिन्जेलमा स्थापित श्री विन्जेल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३१औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलकाे प्रमुख आतिथ्य र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ `प्रवेश´ काे विशेष आतिथ्यमा संस्थाको ३१औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो।
संस्थाको भवनमा भएको साधारण सभाको उद्धाटन नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश कमिटी अध्यक्ष एवम् प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पाैडेलले स्थानीय किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारको तर्फबाट संस्थाको विकासको लागि सहयोग उपलब्ध गराउने कुरामा प्रतिद्धता जनाउनुभयो ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले दुग्ध सहकारी संस्थाहरु किसानसँग जोडिएका संस्था भएकाले शेयर सदस्य कृषकहरुका हकहितका लागि काम गर्नुपर्ने बताउनुभएको थियो ।लामो समयसम्म व्यवसाय गरेका किसानहरु जहाँको त्यही रहेकाले अब विविधिकरण गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।