
काठमाडौं -काठ क्षेत्रमा लाखौं गीत संगीत गरी चर्चामा रहनुभएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको मन छुने लय शब्द सिर्जना भित्र दिनेश श्रेष्ठ जयराम सापकोटा गोकुलप्रसाद ढकाल पार्वती कार्की र मन्दिरा मिश्राको सुमधुर आवाजमा पैसा र प्रदेश । म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिक्टक फेसबुक र संचार माध्यममा चर्चा कमाउँदै र लाखौं दर्शक बटुल्दै पैसा र प्रदेश लाखौं नेपालीहरूको जीवनमा समर्पित छ।
उमेश कार्कीको म्युजिक भिडियो निर्देशनमा अरुण सापकोटा लक्ष्मी थापामगर काव्य खड्का सम्झना श्रेष्ठ चन्द्र रिजाल विनोद लामिछाने राजेन्द्र श्रेष्ठ हरिप्रसाद अधिकारी जनक थापा र बिदुर रोकाको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै मुकेश हुमागाई र मिन रावलको भिडियो सम्पादकमा सजिएको म्युजिक भिडियो दिनेश श्रेष्ठले कथा परिकल्पना गरेका छन्। सोही म्युजिक भिडियोलाई दिनेश श्रेष्ठ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्। गायक दिनेश श्रेष्ठका अनुसार सार्वजनिक उक्त गीतमा दलित समुदायको व्यक्तिसँग कुनै एक महिलाको प्रेमबसमा जान्छ र त्यो प्रेम सफल पार्नका निमित्त आफ्नो प्रेमिकालाई भागौं भन्ने र विवाह गरी एकअर्कामा बाँधिउँ। भन्य जनचेतनामूलक सन्देश रहेको छ। उक्त विषयलाई लिएर तेजेन्द्र परियार मिडियाबाजी गर्दै हिँड्नुमा उक्त सार्वजनिक गीतका सम्पूर्ण टिम ले आपत्ति जनाएका छन्।