Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

उपत्यकाका ४ ठाउँमा सुरु भयो सुपथ मूल्य पसल, कति पाइन्छ छुट ?

२०८१ आश्विन ३, बिहीबार १७:०९
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज(विहीबार)देखि देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् ।

बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर  देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् ।

उनले भने,‘नेपाल खाद्य व्यापार कम्पनीको थापाथली केन्द्रबाट आजबाट हामीले देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालन गरिरहेका छौं । अत्यावश्यक खाद्यन्नमा न्यूनतम पाँच रुपैयाँ र त्यो भन्दा अझ बढि गरेर सुपथ मूल्यका पसलहरु आजबाट देशभरी सञ्चालनमा आउनेछ । सरकारको तर्फबाट प्रदान गरिएको एउटा सहुलियत आम आधाभूत तहका नागरिकहरुले अनुभूत गर्ने गरी सरकारले चाडवर्पलाई लक्षित गरेर सञ्चालन गरेको हो ।’

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

मन्त्री भण्डारीले संविधान कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो जनतालाई शुसानको अनुभूति दिन सकिने बताए । संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा कतिपय जटिलताहरु आज पनि अगाडि रहेको भन्दै ति जटिलताहरुलाई हटाएर कार्यान्वयनको चरणमा पुर्याउनु सरकारको दायित्व रहेको बताए ।

उनले भने,‘हामीले अझैपनि संविधानलाई त्यसको कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो सुशासनको अनुभूति दिन सक्छौं । हाम्रो आजको आधारभूत आवश्यकतालाई सम्बोधन गरेको देखिन्छ । त्यसैले अझैपनि संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा यसका कतिपय जटिलताहरु आज पनि हाम्रा अगाडि छन् । ति जटिलताहरुलाई हामीले हटाउनुपर्ने छ । मुलत यसका मौलिक प्रवन्धलाई कार्यान्वयनको चरणमा पु¥याउनु पर्ने सरकारको दायित्व हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved