
सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाले आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं.१ का माननीय सासंद माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतित्थ्यता तथा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा “ज्ञान , विज्ञान , सीप , उद्यम र माैलिकता : साझेदारी प्रणालीगत सक्षमता ” भन्ने नाराकाे साथ राष्ट्रिय शिक्षा दिवस -२०८१ मनाएको हो ।
साथै साे कार्यक्रमको अवसरमा कक्षा ८, एस. इ.इ र माध्यमिक तह कक्षा १२ काे नतिजामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र बिषयगत शिक्षक , बिद्यालयलाई नगद सहित सम्मान समेत गरेको छ।
कार्यक्रममा सासंद माधव सापकोटा ‘सुबोध’ले शिक्षित जनशक्तिले मात्र राष्ट्र विकासमा टेवा पुराउन सक्ने भन्दै शिक्षाबाट शाक्षरता पहिचान गर्न, शिक्षामा भएको गुणस्तर बढाउन, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अगाडी बढ़ने बताउनु भयो ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले “गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए उनले बलेफी गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सबैको अथक प्रयास हनुपर्ने धारणा राखे ।
कार्यक्रममा माननीय सासंद माधव सापकोटा ‘सुबोध’ , बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ,उपाध्यक्ष सरु लामा तामाङ,वडा अध्यक्षहरु साथै विभिन्न विद्यालयका शिक्षक विद्यार्थी तथा अविभावकहरुको उपस्थिती रहेको थियो।