Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

२०८१ आश्विन २, बुधबार १७:३०
Shares
Facebook X Messenger WhatsApp

पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गईरहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक मनोज खड्काले बताए ।

संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए ।

प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्वराष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए ।

त्यसैगरी, खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै आपसी भाइचारा र सद्भावको विकाश गर्न क्लब स्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिता–२०८१ आयोजना गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए ।

 

अन्तराष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ ।

 

अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए । प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन अशोक थापाले गरेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved