
पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ।
शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए।
उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ।
स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप प्रक्रिया अघि बढाएको छ।