Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको उपप्रधानमन्त्री सिंहको दावी

२०८१ आश्विन १, मंगलवार १४:२५
Shares
Facebook X Messenger WhatsApp

धनगढी । उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्।

उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए।

‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने।

उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानूनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका छन्। साथै उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे।

‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भास्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’ उनले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि।’

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको पनि बताएका छन्। ‘हामी आफैले परिवर्तन महसुस गरेका छौं भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved