Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिन्धुपाल्चोक जिल्ला प्रहरीले चाडपर्व नजिकिएसँगै बनायो सुरक्षा र योजना

२०८१ भाद्र ३१, सोमबार १६:२१
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सुरक्षा योजना बनाएको छ । दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने सम्भावित घटना न्यूनीकरणका लागि कार्यालयले बनाएको योजना जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्नुभयो ।

प्रहरी प्रमुख खड्काका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन हुनेछन् ।  लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने छ ।

बजार एसिया तथा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने सबै नाकाहरुमा २४ सै घण्टा जाँच गर्ने योजना पनि प्रहरीले बनाएको छ । त्यस्तै ठाउँठाउँमा मादक पदार्थ सेवन र लागु पदार्थ सवन जाँच, जिल्लाका पाँच स्थानमा रिफ्रेस सेन्टर बनाइएको एसपी खड्काले बताउनुभयो । सवारी साधनको प्रतिष्पर्धा अन्त्य गर्ने उद्धेश्यले मेलम्ची, बाह्रविसे, ठूलोपाखर, बनदेउ र चौतारामा रिफ्रेस सेन्टर बनाइएको हो ।

त्यस्तै आर्थिक चहलपहल बढी हुने वैंक तथा वित्तिय संस्थाहरु रहेको स्थानमा पनि प्रहरीको विशेष निगरानी हुनेछ ।  सुनचाँदीका गरगहना लगायत अन्य बहुमुल्य सामानहरुको कारोबार हुने स्थानहरुमा  निगरानी बढाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

ताजा अपडेट
  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

  • आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुननिर्माणमा प्राथमिकतामा दिउँ : मन्त्री घिसिङ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved