
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईड स्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।
सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने ३८ वर्षीय सानु शेर्पा अझै बेपत्ता छन् ।
शुक्रबार बिहान बाह्रबिसे-६ बोर्डरल्याण्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।