Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न

२०८१ भाद्र २९, शनिबार २०:२४
Shares
Facebook X Messenger WhatsApp

बनेपा – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभा शनिबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ । शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्छौं ।

उहाँले भन्नुभयो, “सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसके सहकारी समाज विकासको प्रमुख आधार बन्दछ ।” कार्यक्रमको विशिष्ट अतिथि जिल्ला बचत संघ काभ्रेको वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । सहकारी अभियानले ग्रामीण क्षेत्रका जनताको आर्थिक विकासमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो ।

संस्थाका सचिव शिब प्रसाद ढुंगेलले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्‌भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताए। सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो । सभामा सस्थाको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन सचिब शिब प्रसाद ढुंगेलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बेद प्रसाद गौतमले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।

बुद्ध हिमालयन माबी विद्यार्थी कल्याण छात्रवृत्ति अक्षकोष ११ हजार एक सय १० रुपैया सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको थियो । सस्थाको शेयर पुजीं ४ करोड ६९ लाख १६ हजार ३ सय, बचत संकलन ७ करोड ७९ लाख ११ हजार ५ सय, ऋण लगानी १३ करोड ८३ लाख ५२ हजार २ सय ४४ रुपैया, आम्दानी २ करोड ९ लाख ८ हजार, ५ सय ७६ रहेको बताइएको छ। खुद नाफा १ करोड १६ लाख ७ हजार ९ सय ८० रुपैया भएको छ ।

कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बाल बचत कर्ता युनिस सुनार, समिक्षा चौलागाईं, उत्कृष्ट कारोबार बचत कर्ता राजु गौतम, रत्न माया चौलागाईं, जेष्ठ नागरिक सम्मान साङ्गे लामा, माइली तामाङ, उत्कृष्ट ऋणी मनोज श्रेष्ठ, लक्ष्मी गौतम लाई सम्मान गरिएको थियो । बाल बचत कर्ताहरु मध्य बाट एसईइ २०८० मा उतिर्ण दुई जना गौरव बहादुर गौतम र उत्सव खड्कालाई सम्मान गरिएको थियो । एसईइमा बुद्ध हिमालय बाट प्रथम हुन सफल सौगात चौलागाईं, छात्राहरु मध्य त्यहीँ विद्यालयमा भर्ना भएकि सुजाता तामाङ लाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष षडानन्द गौतमले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक दिपेन्द्र चौलागाईंले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved