
काठमाडौं : नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो।
यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि नयाँ नदिने जानकारी दिए।
दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ। यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।
दशैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट बन्द गर्न लागेको हो। नोटको आयु सामान्यतया तीनदेखि चार वर्ष हुने बताइन्छ।