Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग

२०८१ भाद्र १८, मंगलवार १३:२०
Shares
Facebook X Messenger WhatsApp

कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) वसन्त कुँवरलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन्।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने पनि सांसद भण्डारीको चेतावनी छ।

गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री ओलीले बोलाएर सचेतसमेत गराएका छन्। प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बोलाएर ‘अब बोल्दा विचार गर्नू’ भन्दै सचेत गराएको मन्त्री गुरुङ आफैंले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

दुर्गा प्रसाईं पुर्पक्षका लागि कारागार चलान 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved