Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बुबाको मुख हेर्ने दिन-सुजाता सापकोटा

२०८१ भाद्र १६, आईतवार २०:२३
Shares
Facebook X Messenger WhatsApp

पितृ देवो भवः ।

अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् ।ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा÷छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् ।

आमा सत्य हुन् भने बाबु विश्वास, आमा धर्ती हुन् भने बाबु आकाश !’ हिन्दू धर्मशास्त्रले बाबुआमाबारे खुट्याइदिएको यो सुन्दर हरफप्रति मेरो पटक्कै विमति छैन । साथै २०७४ असार आसपास सामाजिक सञ्जाल र पत्रपत्रिकामा राम्रै स्थान ओगटेको, कवि नीरा शर्माको ‘बा’ कविताको अंश ‘आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन्’ ले पनि मलाई द्रविभूत तुल्याउँछ। तिनताका सोही कविता, संगीतकार तथा गायक हरि लम्सालको संयोजनमा गीत बनेर बजारमा आयो। आमाको तुलनामा बुवाबारे कमै लेखेकी छु। तर पनि सानातिना चोटपटक लाग्दा वा च्वास्स घोँच्दा–पोल्दा, बिब्ल्याँटो स्वभावकी मेरो मुखबाट अचम्म तालले हठात् फुस्कने शब्द हो, एड्ढया बुवा !

बुबा😍😍

कति प्यारो शब्द , कति मिठास छ यो शब्दमा 😍😍

न कुनै शब्दमा वयान गर्न सक्छु न कुनै वाक्यमा

बुबा धन्यवाद  हजुरलाई मलाई यती प्यारो संसार देखाउनु भयो र यो संसार का हरेक व्यक्ति चिनाउनु भयो

गलत र सहि सिकाउनु भयो ।बुवा याद आउछ ती दिनहरु  “बुवा  हजुर मलाई माया गर्नु हुन्न “भनेर रिसाएको स्वाङ पारेकि मैले अनि लाटी भनी त्यो अंगालोमा बेरि काखमा राख्नु भएको 😍😍😍”अहिले २८ बर्ष  हुदाँ त बच्चाको जस्तो स्वभाव मेरो बच्चा बेलामा म कस्ती थिए होला ??बिचरी मेरी आमा र मम्मीलाई कति गाह्रो भयो होला मलाई सम्हाल्न “  आउँछ याद त्यहिँ समाल्ने क्रममा  मम्मीले गाली गर्दा वा पानी छ्यापीदिदा बुबा हजुरले समाल्नुभाको ,

बुबा याद छ हजुरलाई हजुर खाना खान नबसी म बस्दिन थिए , हजुरलाई खाना खान सहज लाग्ने ठाँउमा सधै पहिल्यै छेउमा लगेर आफ्नो  पिर्का राख्थे न भाइ बस्छ कि भनेर जब त्यहाँ असहज हो या परिस्थिति नै त्यस्तो आउँदा  तपाईंले त्यो खाना खाने ठाँउ नै परिबर्तन गर्दा मलाई किन किन त्यो दिन खाना खान रुचेन भन्न पनि सकिन म बुवा सङ बसेर खान्छु भनेर  अहिले भए कराउँदै रुन्थ्ये होला किन सकिन त्यो बेला 🤔🤔🤔

बुबा खै कस्तो प्रेम थियो हजुर सङ थाहा छैन त्योप्रेम हजुरले बुज्नु भयो या भएन थाहा छैन हुन त बुबा आमाले नबुझे कसले बुझ्नु 😊 त्यो प्रेम यस्तो प्रेम थियो  जुन सायद हरेक बच्चा सङ आफ्नो बुबा को लागि हुन्छ होला । बुबा यो किस्सा हजुरलाई कति प्रेम गर्थे भनेर जताउनका लागि होईन नि त्यो अनौठो प्रेम को सम्झना मात्र गरेकी हु ।

हप्ता दिन तपाईं अफिस बाट घर नफर्कदा रिस उठथ्यो कता कता मनमा चिसो पस्थ्यो र कता कता शंका गर्न नि पछि परिन म 😋 अहिले बुज्दै छु व्यवहार मा परेपछी र कुनै संस्थामा आवद्द भएपछी कसरी आफ्ना इच्छा आकङ्क्षालाई कसरी मार्नु पर्दोरहेछ । दशै जस्तो महान चाडमा पनि हजुर आफुले पुरानो सर्ट लगाइ हामीलाई नयाँ लुगा किनिदिने मेरो भगवान् रूपी मेरो  बुबाप्रती कोटि  कोटि नमस्कार

बुवा धन्यवाद हजुरलाई  मेरो बुवा भन्दा बढी साथी हुनुभएकोमा मैले हरेक कुरा हजुरलाई बताउन सक्छु हरेक समस्या हजुरसगँ बताउदै त्यस्का समाधान खोज्दै हिंड्न सक्छु । तपाईंबाट अभिप्रेरित भइ सहजै आफ्ना कार्य पुरा गर्न सक्छु ।खै बुबा कुन शब्दले बयान गरौ हजुर को महानता लाई हर बखत मलाई सधै मार्गनिर्देशन गर्ने छ हजुर को आचरण ले मन विछिप्त हुदा पिडाले छ्ट्पटाहट हुदा अनि संघर्ष गरिरहेका यी पाइला हरु मोडिदा वा अघि बढ्न सकेनन भने म सधै सम्झिने छु हजुरको त्यो संघर्ष जुब संघर्ष ले आज यहाँ सम्म ल्यायोे । अनि सम्झिन्छु हजुर को त्यो निडरतालाइ जुन निडरता ले आज सबै को सामु यो शिर उच्च बनाएर भन्न सक्ने छु म त्यो बाबा को छोरी हो जुन बाबा ले आफ्नो सन्तान को लागि आफ्नो खुशी को केहि प्रवाह नगरी आफ्ना हरेक इच्छा सपनाहरू को तिलान्जली दिएर केवल आफ्नो सन्तान को भबिस्य को बारेमा मात्र सोच्नु हुन्छ ।

आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मुर्तीमा राख्दा–राख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काधको भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला ? बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाकै अस्तित्वको सम्मान गर्दै उहालाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?बुवाले हामीलाई सानो छँदा दिएको संस्कार , शिक्षा, सहि मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया , त्यो काधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाहरुले जस्तै गरि आफ्नो सन्तानको लागि पुरा गर्न सक्छौ होला ? बुवाको सम्पति होइन बुवाको छाया आफुसंग झल्कनु नै ठुलो  आशिर्वाद हो ।

आज बुबा को मुख हेर्ने दिन अरु केहि भन्दिन बुबा सधै हजुरले देखाउनु भएको बाटो मा हिडन सकु हजुर को जिम्मेवारी ले थिचिएको काध मेहनत ले खुइलिएको काध कर्म ले थकित हत्केला जस्को कारणले नै आज म यहाँ छु त्यो तपाईंको त्याग लाइ म सधै कदर गर्ने छु । बुबा मेरो जीवन को अमुल्य उपहार हो हजुर मलाई थाहा छ हजुर को लागि मैले गरेको असल कर्म र मैले पहिल्याएको सहि मार्गदर्शन नै हजुर को लागि र सन्सार कै लागि अमुल्य उपहार हो । म त्यो उपहार सधै हजुर लाई दिन तयार छु । जीवन को जुन सुकै परिस्थिति र मोड मा पनि हजुर को त्यही मार्गदर्शन मा हिड्न सकु हजुर ले दिनु भएको संस्कार लाई कहिले पनि कसैको अगाडि कुसंस्कार बनाउन दिने छैन । हजुर को सु स्वास्थ दिर्घायु को कामना बुबा आज सम्म हाम्रो लागि धेरै गर्नु भयो अब का दिन मा हजुर को लागि खुशी दिने काम गर्न सकौ ।

मैले सन्सार मा सबैभन्दा बढी बिश्वास गर्ने ब्यक्ति नै आफ्नो बुवा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो ईमान बेचेर क्षणिक खुसी हुने दुस्प्रयास कहिल्यै गर्नुभएन ।मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ,  सम्पूर्ण बुबामा धेरै माया, अब त आफ्नो काधको भारी बिसाइदिनुस न है? कुशेऔशिको हृदय देखी नै सम्पुर्ण बुबामा समर्पित यो शुभकामना ।

धेरै धेरै माया मेरो पहिलो प्रेम(😘😘😘)

सुजाता सापकोटा

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

ताजा अपडेट
  • सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved