Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए

२०८१ भाद्र १६, आईतवार ०८:४७
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । छैटौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो ।

उहाँले स्टज चढनु नै सफलता प्राप्त गर्नु रहेको बताउदै कार्यक्रमले बालबालिकाको क्षमता बिकास, व्यक्तित्व बिकासमा, अध्यन अध्यापनमा ठुलो मदत पुग्ने बताउनु भयो। लाइट, साउड सिस्टम, स्टेज अन्तर्राष्ट्रिय प्रतियोगिताको तरिकाले बनाइएको थियो । कार्यक्रममा सबै बालबालिकाको अभिभावकले ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ को प्रशनसा गरेका थिए । अन्तरास्ट्रिय स्तरमा गरिने कार्यक्रम काभ्रे जिल्लाको बनेपामा हुनु काभ्रे बासिको लागि गौरवको बिषय रहेको छ।

प्रतियोगितामा विशेष थापा जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि रुबोना मानन्धरले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ सुब्रत खड्का र सिनियर केटीतर्फ एड्रिना बम्जन शीर्ष बिजेता घोषित भए । कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप एल्यक्स तामाङ ब्लोन र सेकेन्ड रनर अप रिह्याज कायस्थ घोषित हुँदा जुनियर केटीतर्फ होइसर तामाङ फष्ट रनर अप र बेबिना शाक्य सेकेन्ड रनरअप भए ।

त्यस्तै सिनियर केटातर्फ पृथक जङ थापा फष्ट रनर अप, बिनित राज केसि सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ परिसा केसी फष्ट रनर अप र सजनी तिवारी सेकेन्ड रनर अप भए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा सबिना प्रजापति प्रिन्सिपल (किडस क्यास्टल ), बिजय सिह मुस्याजु सेकेण्डरी इन्चार्ज ( बेलर इन्टरनेशनल एकेडेमी) अशोक पाण्डे निर्देशक-प्रिन्सिपल (शेमरक निस्ट वर्ल्ड स्कूल), लभ कार्की प्रमुख कार्यकारी निर्माता Media 9 (WOW & Business 360 Magazine), निलिमा मास्के श्रेष्ठ गितकार तथा कवियत्री लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । शीर्ष उपाधी जित्ने बिजेताहरु लाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved