Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रेको विकट क्षेत्र कोशिपारीका अरबिन्द्र गौतम सम्मानित

२०८१ भाद्र १४, शुक्रबार ०८:०६
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ को विशेष कार्यक्रमका अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान – २०८१ प्रदान गरिएको छ।

काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा एक सुपरिचित नाम हो भन्दा फरक नपर्ला, पछिल्लो समय पत्रकारिता क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् । नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह- सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् । उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

२०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गरेका थिए ।

त्यस्तै २०७६ सालमा सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्डमा पत्रकारिता सम्मान, एपिक नेपाल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयनमा परेका गितहरु लाई प्रमाणपत्र वितरण समारोह तथा हाम्रो साझा हिमाल बोलको गित अनावरणको विशेष समारोहमा युवा पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने नेशनल इन्टरटेनमेन्ट अवार्डमा मोफसल पत्रकारिता सम्मानको साथै भर्खरै सम्पन्न कर्पोरेट अनर अवार्ड २०२२ मा पत्रकारिता सम्मान प्राप्त गरेका थिए ।

त्यस्तै जिल्ला सहकारी संघ काभ्रेले जिल्ला कै उत्कृष्ट पत्रकारको रुपमा नगद पाँच हजार सहित बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकारिता सम्मान प्रदान गरेका थिए । गौतमले यो लगायत थुप्रै संघ संस्था बाट पत्रकारिता सम्मान प्राप्त गरिसकेका छन् । उनले पछिल्लो समय विभिन्न ठाउँमा गएर नेपालको कला संस्कृति रितिरिवाज जातजाति धार्मिक लगायत बिषयहरुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माणको साथै निर्देशन र कार्यक्रम संयोजक भएर काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved