Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रेको विकट क्षेत्र कोशिपारीका अरबिन्द्र गौतम सम्मानित

२०८१ भाद्र १४, शुक्रबार ०८:०६
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ को विशेष कार्यक्रमका अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान – २०८१ प्रदान गरिएको छ।

काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा एक सुपरिचित नाम हो भन्दा फरक नपर्ला, पछिल्लो समय पत्रकारिता क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् । नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह- सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् । उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

२०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गरेका थिए ।

त्यस्तै २०७६ सालमा सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्डमा पत्रकारिता सम्मान, एपिक नेपाल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयनमा परेका गितहरु लाई प्रमाणपत्र वितरण समारोह तथा हाम्रो साझा हिमाल बोलको गित अनावरणको विशेष समारोहमा युवा पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने नेशनल इन्टरटेनमेन्ट अवार्डमा मोफसल पत्रकारिता सम्मानको साथै भर्खरै सम्पन्न कर्पोरेट अनर अवार्ड २०२२ मा पत्रकारिता सम्मान प्राप्त गरेका थिए ।

त्यस्तै जिल्ला सहकारी संघ काभ्रेले जिल्ला कै उत्कृष्ट पत्रकारको रुपमा नगद पाँच हजार सहित बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकारिता सम्मान प्रदान गरेका थिए । गौतमले यो लगायत थुप्रै संघ संस्था बाट पत्रकारिता सम्मान प्राप्त गरिसकेका छन् । उनले पछिल्लो समय विभिन्न ठाउँमा गएर नेपालको कला संस्कृति रितिरिवाज जातजाति धार्मिक लगायत बिषयहरुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माणको साथै निर्देशन र कार्यक्रम संयोजक भएर काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved